२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

एमाले महासचिव पोखरेलभन्दा रेखा शर्मा झण्डै दुई हजार मतान्तरले अगाडि



गुल्मी । दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले झण्डै दुई हजार मत अन्तरले अग्रता लिएकी छन् । २३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् । रेखा र शंकरबीचको मत अन्तर १८४२ छ । रेखाले शंकर पोख्रेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन् । पछिल्लो समय उनको मतअन्तर पनि थोरै संख्याले बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: