८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

उदयपुर २ मा नेकपा एसका उपमहासचिव खतिवडालाई हराउँदै एमालेका रायमाझी निर्वाचित



उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बर बहादुर रायमाझी निर्वाचित भएका छन् । राईले नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई २ हजार ३५८ मतान्तरले पराजित गरेका छन् । रायामाझीले १५ हजार २५१ मत ल्याउँदा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन् । कांग्रेसका बागी उम्मेदवार राम कुमार राईले १० हजार ३७९ मत ल्याएका छन् । यहाँ मंगोल नेशनल अर्गनाइजेनका भाष्कर राईले १ हजार ४३० र राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल कुमार श्रेष्ठले ९१० मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !