११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

काठमाडौंको बसुन्धारामा करिब ६ करोड बराबरको सुन र नगद लुटेको आरोपमा १० जना पक्राउ



काठमाडौं : काठमाडौंको बसुन्धारामा करिब ६ करोड बराबरको सुन र नगद लुटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा कार्तिक २९ मा राति समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका थिए । लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएर लुटपाट गरेका थिए । लुटमा संलग्न ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

 ‘३ जनालाई पक्राउ गरेर प्रहरी वृत महाराजगञ्जमा थप अनुसन्धानका लागी पठाएका छौं’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीसँग भने, ‘घरधनीले करिब ६ करोड लुटिएको दाबी गरेका छन्, त्यसबारे वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ । कालिकोटको तिलागुफा नगरपालिका घर भएर नयाँ बसपार्क बस्ने २४ वर्षीय तिलकबहादुर शाही र तिलागुफाकै २९ वर्षीय धनबहादुर शाही पक्राउ परेका छन् ।​ पीडित परिवारले करिब ५ सय तोला सुन र २५ लाख नगद लुटपाट भएको प्रहरीलाई बताएका छन् । लुटको मुख्य योजनाकार कुर्म बहादुर शाही फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३८ तोलाको सुनको गिलास, दुई वटा नौगेडी, ३ थान हिराको हार, तिलहरी र केही नगद बरामद गरेको छ । 


प्रतिक्रिया दिनुहोस !