७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माओवादीको गढ कालीकोटमा एमालेका नगिन्द्र शाहीको सुरुवाती अग्रता



कालिकोट । माओवादीको गढ मानिने कालीकोटमा एमालेका उम्मेदवार नगिन्द्र शाही नेशनलले सुरुवाती अग्रता लिएका छन् । उनले गठबन्धनका साझा उम्मेदवार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ३ सय ८३ मतले पछि पार्दै अग्रता लिएका हुन् । 

एमालेका उम्मेदवार नगिन्द्रले १ हजार ३ सय १३ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार शाहीले ९ सय ३०० मत पाएका छन् । शुभकालिका वडा नं १ देखि ४ सम्मका २ हजार ८०० मतगणना हुँदा एमाले उम्मेदवारले अग्रता लिएका हुन् ।

त्यस्तै प्रदेशसभा १ तर्फ एमालेका कुर्मराज शाहीले माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावतलाई पनि ३ सय ७१ मतले पछाडि पार्दै अग्रता लिएका छन् । फ्लोर क्रस गरेर कर्णाली प्रदेशको ७ महिना कृषिमन्त्री भएका कुर्मराजले १ हजार ३ सय ५ मत पाउँदा सत्ता गठबन्धनका साझ उम्मेदवार रावतले ९ सय ३४ मत पाएका हुन् ।

शुभकालिका एमालेको पकट क्षेत्र मानिन्छ । गत वैशाखको स्थानीय चुनावमा एमाले र एकीकृत समाजवादीबाट छ्ट्टाछुट्टै प्रतिस्पर्धा गरे पनि यस पटकको चुनावमा कुर्मराजसहितका सबै नेता कायकर्ता एमाले फर्किएका हुन् ।


प्रतिक्रिया दिनुहोस !