१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

एमाले अध्यक्ष ओली २८ हजार फराकिलो मतले विजयी



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ हजारभन्दा धेरै फराकिलो मतसहित प्रतिनिधिसभामा विजयी भएका छन्। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा ५१ हजार ६१९ मतसहित विजयी भएका हुन्। 

ओलीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए।

अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ३८८ देखिएको छ। 

ओली निर्वाचित यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। जसमा ५११७ मत बदर भएको छ। एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सहित ६ पटक यही क्षेत्रबाट निर्वाचित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !