१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चित्रबहादुरको चौथो इनिङ : ८३ वर्षमा चुनाव जितेरै फेरि संसद यात्रा



hgdf]rf{ cWoIf s];L afun’ª, @# c;f]h . dªl;/ $ ut] x’g uO/x]sf] k|ltlglw;ef ;b:o lgjf{rgdf ;Qf?9 u7aGwgsf tkm{af6 afun’ª–! df cfOtaf/ pDd]bjf/L btf{sf qmddf d’Vo lgjf{rg clws[tsf] sfof{nodf pkl:yt /fli6«o hgdf]rf{sf cWoIf lrqaxfb’/ s];L . tl:a/ M /fdaxfb’/ yfkf, /f;;

काठमाडौ । उनी अहिले ८३ वर्ष भइसकेका छन्। युवा जस्तै जोश र लक्ष्यप्राप्तिको हुटहुटीकै कारण होला, प्रतिनिधि सभाका लागि बाग्लुङ क्षेत्र नम्बर १ मा उठेर परिणाम आफ्नो पक्षमा पार्न सफल बने।  सम्भवत: उनी यो संसदका सबैभन्दा पाका जनप्रतिनिधि हुनेछन्। हो, युवाहरुका उत्प्रेरक, नेतालाई जनताप्रति उत्तरदायी हुनुपर्छ भन्दै पैरवी गर्ने उनी हुन् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।

प्रष्ट वक्ता, छलकपटरहित राजनीतिको वकालत गर्ने केसीको संसदमा यो चौथो इनिङ हो। यसअघि उनी २०५६, २०६४ र २०७० मा सांसद थिए। 

केसीले २०५६ अर्थात् २३ वर्षअघि बाग्लुङको त्यही क्षेत्रबाट संसदीय चुनाव जितेर सिंहदरबार पुगे। त्यसपछि २०६४ मा पनि प्रत्यक्षमा जितेर संसदमा पुगे। तर २०७० मा उनी समानुपातिकमा बसे। 

त्यसपछि उनले २०७४ मा सांसद हुने इच्छा देखाएनन्। उनले उठ्न अस्वीकार गरेपछि बाग्लुङमा एमाले-माओवादी गठबन्धनले दुई क्षेत्र बाँडेका थिए। त्यसबेला जनमोर्चाले २ प्रदेश लिएको थियो। 

तर उनले अहिले सत्ता गठबन्धनमा रहँदा परेका दुई सिटमध्ये एउटामा उठेर फेरि संसद यात्रा तय गरेका छन्। 

अब संसदमा ठेट नेपाली शब्दसहित राष्ट्रियता र जनजीविकाको पक्षमा सशक्त आवाज घन्किनेछ। रोस्ट्रमबाट संघीयताविरुद्ध फेरि तीखो प्रहार हुने छ।

केसीले २०५६ सालमा बाग्लुङबाट प्रत्यक्षमा तत्कालिन संसदीय चुनाव जितेका हुन्।

२३ वर्षपछि भएको प्रतिनिधि सभाको अर्को चुनाव पनि बाग्लुङबाट जित्न सफल भए।

२०५६ मा चुनाव जितेर काठमाडौंमा डेरा लिएका उनी अब फेरि चुनाव जितेपछि काठमाडौं केन्द्रित हुन्छन् कि बाग्लुङको निर्वाचन क्षेत्र ? त्यो निश्चित भइसकेको छैन।  

केसीले यसपटक संसदमा पक्कै नयाँ देख्नेछन्। राजनीतिमा भर्खरै प्रवेश गरेका २७ वर्षे युवा उमेरका सांसदहरुसँग उनको संगत हुने छ।

यससँगै केसीले भन्ने गरेको इमानको राजनीति गर्नुपर्ने पक्षका युवा पनि पुगेकाले संसद भवनमा फरक माहोल हुनेछ।


प्रतिक्रिया दिनुहोस !