२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

दाङ–२ मा रेखाले पुनः बढाइन् मतान्तर 



दाङ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदमा ६,६२३ मत गन्न बाँकी छँदा नेकपा एमालेका महासचिव शंकर पोखरेल ४१७ मतले पछि छन् ।  

७२ हजार ८२२ मतगणना हुँदा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले २५ हजार ६७  मत प्राप्त गरेकी छन् । रेखा सुरुदेखि नै अगाडि छन् । तर, बुधबार रातिदेखि शंकरले मतान्तर घटाउँदै लगेका छन् । झन्डै दुई हजार मतले अगाडि पुगेकी रेखासँग शंकरले बिहीबार बिहान मत घटाएर ३१७ सम्म झारेका थिए । 

पछिल्लो समय फेरि रेखाले मतान्तर बढाएर ४१७ पुर्याएकी छन् । प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी तेस्रो स्थानमा छन् । उनले १५ हजार १७५ मत प्राप्त गरेका छन् । दाङ क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७४८ मतदाता मध्ये ७९ हजार ४४६ मत खसेको थियो । अब ६६२३ मत गणना गर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: