२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद विजयी



कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रकाश साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।

लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार बनेका साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६४५ मत प्राप्त गरे । १ लाख ५ हजार ५७७ मतदाता रहेको क्षेत्र नं. २ मा ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: