२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

एमाले र माओवादीका महासचिव झिनो मतले पराजित



काठमाडौँ । कम्युनिस्ट पार्टिभित्र व्यवस्थापकीय र सांगठनिक हिसाबले शक्तिशाली मानिने पदमा रहेका एमाले र माओवादीका महासचिव संसदीय निर्वाचनमा पराजित भएका छन् । एमालेका महासिचव शंकर पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए । लमजुङमा माओवादीका महासचिव देवप्रसाद गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका हुन् ।

गतवर्ष भएका एमाले र माओवादीका महाधिवेशनबाट महासचिवको रूपमा उदाएका दुवै नेताले संसदीय चुनावमा भने हार बेहोरेका हुन् । दाङमा एमालेका महासचिव पोखरेललाई माओवादीकी शर्माले १ सय ९६ मतको अन्तरले पराजित गरेकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८१ मतमात्रै प्राप्त गरेका थिए ।

उता लमजुङमा एमाले उपमहासचिव गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरेर जित हासिल गर्दा माओवादी महासचिव गुरुङ ३ हजार १ सय ८८ मतान्तरले पराजित भए । माओवादी महासचिव गुरुङले ३१ हजार ७ सय ८१ मतमात्रै ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: