७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

रवीको हाहा हुहुले देश चल्दैन : ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको निर्वाचन परिणामबारे सोधेको प्रश्नमा ओलीले देशलाई हाहा हुहुतिर लैजान खोजेको आरोप लगाए ।

बिहीबार झापामा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको बताए । ‘उदय भनेर जे प्रचार, जे प्रोपोगाण्डा गरियो, त्यो वास्तवमा तपाईहरु (सञ्चार माध्यम) को कृपा हो’ उनले भने, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको वौद्धिक जगतले । … के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हाहा हुहुमा देश त चल्दैन ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको बताए । ‘भविष्यलाई जिम्मेवार ढंगले सोच्ने भन्दा हाहा हुहुमा देशलाई लैजान खोज्ने कुरा नेपालको हितमा छैन ।’


प्रतिक्रिया दिनुहोस !