७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बडूले दार्चुलामा २३ वर्षपछि कम्युनिस्टको भत्काए किल्ला



दार्चुला : नेपाली कांग्रेस दार्चुलाका नेता दिलेन्द्र प्रसाद बडूले एमाले नेता गणेश ठगुन्नालाई हराए । उनलाई माओवादी केन्द्रको समर्थन रहेको थियो । २०४८ र २०५६ सालमा निर्वाचन जितेका नेता बडू २३ वर्षपछि प्रतिनिधिसभामा निर्वाचित भए । लगातार ०५१, ०६४, ०७० र ०७४ मा कम्युनिष्टले जितेको दार्चुला कम्युनिष्ट किल्ला भत्काउदै बडू निर्वाचित हुन पुगे । दार्चुलाबाट २०५१ मा नेकपा एमालेका प्रेम सिंह धामीले निर्वाचन जितेका थिए, भने ०६४ मा भएको संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका लक्ष्मी दत्त जोशीले चुनाव जितेका थिए । यस्तै २०७० सालमा भएको संविधानसभा निर्वाचनमा नेकपा एमालेका गणेश सिंह ठगुन्ना निर्वाचित भएका थिए । त्यसपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि उनै एमालेका गणेश सिंह ठगुन्नाले नै निर्वाचन जितेका थिए । यो पटकको चुनावमा नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले कुुल खसेको मत ५८ हजार ५८ मध्ये २८ हजार ५१५ मत प्राप्त गर्दै विजयी हुनु भए । उनका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका गणेश सिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत प्राप्त गरे । नेता बडूको त्रिभुवन विश्वविद्यालय नेपालगञ्ज बहुमखी क्याम्पसका प्राध्यापक रहेका थिए । २०४६ सालको जनअन्दोलनबाट नेपाली कांग्रेसको राजनीति सुरु गरेका बडू २०४८ सालको आम निर्वाच निर्वाचित भई पहिलो पटक आवास तथा भौतिक योजना मन्त्री बनेका थिए । यस्तै २०५६ सालमा भएको निर्वाचन मा पुनः निर्वाचित भएका बडू २०५७ सालमा शिक्षा तथा खेलकुद मन्त्री बने । ०६३ को निर्वाचन पछि नेता बडू समानुपातिक प्रणालीबाट संसद बनेर सूचना तथा सञ्चार राज्य तथा वन राज्य मन्त्री बनेका थिए । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीबाट पुनः संसद हुँदै बडू कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीको जिम्मेवारी निभाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !