१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कांग्रेसले टिकट नदिएका अमरेशकुमार सिंह विजयी



काठमाडौँ । प्रतिनिधिसभा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट अमरेशकुमार सिंह निर्वाचित भएका छन् । सिंहले २० हजार १७ मत ल्याउँदै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् । कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो ।


प्रतिक्रिया दिनुहोस !