१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

राप्रपाबाट विजयी सिंहको पुर्ख्यौली घर दार्चुला र राजनीति मकवानपुर



दार्चुला । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

सिंहले २ हजार ३९३ मतको फरकमा विजयी हुनुभयो । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गर्नुभयो । सिंहको पुर्ख्यौली घर सुदूरपश्चिमको दार्चुलाको मार्मा हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय