१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बहालवाला खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित



काठमाडौँ । बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई पराजित गरेका हुन् । 

शुक्रबार बिहान सकिएको बारा १ को मतपरिणाम अनुसार खानेपानीमन्त्री चौधरी ९ हजार १ सय ३९ को मतान्तरले पराजित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बारा १ मा एमाले उम्मेदवार मैनालीले ३९ हजार १ सय ९५ मत ल्याई विजयी भएका छन् । खानेपानीमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार चौधरीले ३० हजार ५६ मत मात्रै प्राप्त गर्न सकेका छन् ।


प्रतिक्रिया दिनुहोस !