१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमालेका नेता शुधीर जो ६ मतले विजयी भए



काठमाडौं । स्याङ्जा एमालेभित्रबाटै एक्लै हिँडेको, घमण्डी बनेको जस्ता आरोप लगाइएका शुधीरलै एमालेबाट स्याङ्जा क्षेत्र नम्बर १ को ‘ख’ तर्फको टिकट पाए। प्रतिस्पर्धी थिए, कांग्रेसका बुद्धिकुमार राना ‘कुमार’। प्रतिस्पर्धा यति चर्को भयो कि, सुधीर दोस्रोपटक जनप्रतिनिधि बन्नबाट बालबाल बाँचे। 

उनी मात्रै ६ मतको अन्तरले विजयी भएका छन्। सुधीरले १७ हजार ४४१ मत पाउँदा कुमारले १७ हजार ४३५ मत प्राप्त गरेका छन्। यो मतान्तर गण्डकी प्रदेशको सबैभन्दा कम हो। 

यसअघि २०७४ सालको चुनावमा तनुहँ क्षेत्र नम्बर २ को ‘ख’ मा कांग्रेस नेता प्रदीप पौडेल माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग जम्मा ४ मतले पराजित भएका थिए। 

कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत ल्याएका थिए। प्रदीप यो पटक काठमाडौं ५ बाट संघीय सांसदमा विजयी भएका छन्। सुधीरले प्रदेशको चुनाव जित्दा संघतर्फ भने कांग्रेसका राजु थापा विजयी बनेका छन्। राजुले प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीलाई ३ हजार २५५ मतले पराजित गरेका हुन्। राजुले ३१ हजार ९९९  मत पाउँदा मरासिनीले  २८ हजार ७४४ मत प्राप्त गरे। २०७० सालमा राजुले मरासिनीलाई पराजित गरेका थिए।

२०७४ सालमा मरासिनीले हारको बदला लिँदै सिंहदरबार यात्रा तय गरेका थिए। यो चुनावमा भने पुनः थापाले बाजी मारेका छन्। एमाले जिल्ला अध्यक्षबाट बञ्चित मरासिनी दोस्रोपटक सिंहदरबार प्रवेशबाट पनि रोकिएका छन्।


प्रतिक्रिया दिनुहोस !