७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

विष्णु पौडेलले अग्रता लिएपछि रुपन्देही २ मा बखेडा, फेरि मतदान गर्न माग



बुटवल । शुक्रबार हान ३ बजेदेखि रोकिएको रुपन्देही क्षेत्र नम्बर २ को मतगणना अझै सुरु भएको छैन। मुचुल्का उठाएर टिपेको भन्दाबढी मतपत्र बाकसमा परेको भन्दै सत्ता गठबन्धन दल र राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएका हुन्। 

उनीहरु गणना रोकेर निर्वाचन अधिकृत कार्यालयको गेट अगाडि धर्ना दिइ नाराबाजी गरिरहेका छन्। उनीहरुले निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण पत्र लेखी पुन:मतदान गराउन माग गरेका छन्। लुम्बिनी वाणिज्य क्याम्पसको ‘ड’ केन्द्रको बढी मत पत्र फेला परेपछि विवाद भएको हो। 

मुचुल्कामा लेखिएकोभन्दा मतपत्रको संख्या फरक परे पनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या बढी नभएको निर्वाचन अधिकृत उद्विर नेपालीले बताए। प्रतिनिधि सभातर्फ खसेको ८१ हजार मतमध्ये अब ६ हजार जति मत गन्न बाँकी छ। अवरुद्ध हुनुभन्दा अघि नेकपा एमालेका विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल भन्दा १ हजारको अग्रता लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !