१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विश्वकप फुटबलमा वेल्स इरानसँग पराजित



एजेन्सी । विश्वकप फुटबलमा ग्यारेथ बेलको टिम वेल्स इरानसँग पराजित भएको छ। खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो। 

वेल्सका गोलरक्षक हेनेस्सेले रातो कार्ड खाँदै मैदान छाडे। याे विश्वकपमा रातोकार्ड खाने उनी पहिलो खेलाडी हुन्। हेनेसले इरानका मेहदी तारेमीलाई खराब ट्याकल गरेपछी रेफ्रिले भिएआरको सहायतामा रातोकार्ड देखाएका हुन्। 

अतिरिक्त समयको ८ औं मिनेटमा रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि इरानले दोस्रो गोल थप्दै महत्वपुर्ण ३ अंक बटुल्दै अन्तिम १६ को संभावना जिवित राखेको हो। 

इरानका लागि दोस्रो गोल रामिन रेजाएनले गरे। पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएको इरानले ३ अंक जोडेको छ। वेल्सले भने पहिलो खेलमा अमेरिकासँग १/१ को बराबरी खेलेको थियो। यो नतिजाले दुवै टोलिको अघिल्लो चरण यात्रा कायम छ।


प्रतिक्रिया दिनुहोस !