१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चुनाव जितेपछि रवीको बोली फेरियो, सरकार बनाउने भए वार्तामा आउन आग्रह



काठमाडौं । चुनाव जितेमा सरकारमा नजाने, प्रतिपक्षमा बसेर भ्रष्टहरुको घण्टी बजाउने’ बताउँदै असन्तुष्टिको जनमत पाएका रवि लामिछानेले एकाएक आफ्नो अडान बदल्ने देखिएका छन् । चितवनमा शुक्रबार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र बुझ्दै लामिछानेले यस्तो जनाउ दिएका हुन् ।

‘चुनावको बेलामा हामीले कुनै गठबन्धन र तालमेल गरेनौं,’ सभापति लामिछानेले भने, ‘तर राष्ट्रहितमा काम गर्न दलहरुले आवश्यक परे हामीलाई सम्झनु होला । हामी सहकार्य गरेर अघि बढ्ने छौं ।’

सात सिट जितेर एक ठाउँमा अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिमा थ्रेसहोल्ड कटाउने पक्का भइसकेको छ । ४ मंसिरको चुनावमा खसेको एक करोड छ लाख मतमध्ये सदर भएको मतको तीन प्रतिशत पाएमा थ्रेसहोल्ड कट्छ । शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रास्वपाले समानुपातिकमा ६ लाख ५६ हजार मत नघाएर एमाले र कांग्रेसपछि तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !