१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पूर्व एमाले नेता घनश्याम भुसाललाई हराउँदै एमाले नेता छविलाल विश्वकर्मा विजयी



बुटवल । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पारेका हुन् ।

मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार छविलालले २४ हजार ८७२ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थनमा उठेका भुसालले २१ हजार ३०८ मत ल्याएका छन् । एमाले सचिव विश्वकर्मा यसअघि पनि प्रतिनिधिसभामा जितेर मन्त्री बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !