११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

इलाम-२ मा पछि परे एमाले उपाध्यक्ष नेम्वाङ



काठमाडौं । निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई इलाम नगरपालिका वडा नं. ३ को गणना सकिँदा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले अग्रता लिएका हुन् । खड्काले २८ हजार ४ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन् । यसअघि इलाम नगरपालिका–४ को गणना सकिँदा खड्का १ सय ३४ मतले पछि थिए ।

इलाम नगरपालिका गणना सुरु हुनुअघि नेम्वाङ करिव १९ सय मतले अघि थिए । चुलाचुली, माङसेवुङ र फाकफोकथुमसहित इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक, देउमाई नगरपालिका तथा माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा इलाम २ मा छन् ।


प्रतिक्रिया दिनुहोस !