१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मुम्बई उड्ने तयारीमा रहेको निगमको जहाजको इन्जिन स्टार्ट नभएपछि…



काठमाडौं । मुम्बई उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२० (आरए २०१) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ ।

विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार यो जहाज बिहान ११ः३० मा भारतको मुम्बई उड्ने तयारीमा थियो । सोही अनुसार यात्रु चढाइएको थियो । तर, इन्जिन स्टार्ट हुन सकेन । प्राविधिक समस्याका कारण इन्जिन स्टार्ट नभएपछि सो जहाज ग्राउण्डेड भएको छ ।

आइतबार नै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमा यस जहाजका यात्रु राखेर जहाज मुम्बई पठाउन लागिएको छ । यो जहाजमा १५२ जना यात्रु रहेका छन् । जहाज मुम्बईबाट आइतबार नै काठमाडौं फिर्ता हुनेछ । इन्जिन स्टार्ट नभएको जहाजको भने प्राविधिक जाँच सुरु गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय