६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

५,९३५ मत गन्न बाँकी, झलनाथ २,१९९ ले पछाडि



विराटनगर । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल निरन्तर पछाडि छन् । अहिलेसम्म नेकपा (एमाले)का उमेदवार महेश बस्नेतले खनालले भन्दा दुई हजार १९९ मत बढी पाएका छन् ।

निर्वाचन कार्यालय इलामले दिएको जानकारीअनुसार बस्नेतले २३ हजार ९५ मत ल्याएका छन् । खनालले २० हजार ८९६ मत प्राप्त गरेका छन् । कार्यालयका अनुसार अब पाँच ९३५ मत गन्न बाँकी छ ।

मतान्तरमा निरन्तर पछाडि परेपछि खनालले हिजो इलाममा पत्रकार सम्मेलन गरी गडबड भएको आरोप लगाउँदै परिणाम अस्वीकार गर्ने घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय