१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अघि बढे अशोक राई, ११८ मतान्तरको अग्रता 



सुनसरी । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार अशोक राईको अग्रता कायम छ । पछिल्लो मतपरिणामानुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङले राईले भन्दा ११८ मत कम पाएकी छन् ।

अहिलेसम्म सुनसरी–१ मा ६७ हजार १२३ मत गनिएको छ । त्यसमध्ये राईले १४ हजार १०५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी तामाङले १३ हजार ९८७ मत पाएकी छन् ।

सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता मुक्सामहाङ मेन्याङ्बोले १० हजार ९९० मत ल्याएकी छन् । स्वतन्त्र उमेदवार मनोज मेन्याङ्बोले ६ हजार ९२९ मत पाएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार अशोक राई ‘अविरल’ले ६ हजार ४६० मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय