१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कश्मीर मुद्दा भारत र पाकिस्तान दुबै मुलुकले सल्टाउनु पर्छ : अमेरिका



एजेन्सी । अमेरिकाले कश्मीर मुद्दामा आफ्नो नीतिमा कुनै परिवर्तन नभएको र बाहिरी हस्तक्षेप बिना भारत र पाकिस्तानबीच वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा बताएको छ । बीबीसी हिन्दीसँगको कुराकानीमा अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसियाका लागि जिम्मेवार अधिकारी सहायक विदेशमन्त्री डोनाल्ड लुले उक्त कुरा बताएका हुन् । डोनाल्ड लुले भने, म यो स्पष्ट गर्न चाहन्छु कि कश्मीर मुद्दामा हाम्रो नीतिमा कुनै परिवर्तन भएको छैन। हामी अझै पनि कश्मीर मुद्दामा सीधा वार्ता गर्ने हो भने भारत र पाकिस्तानबीच मात्र हुनुपर्छ भन्ने विश्वास गर्छौं।

कश्मीर मुद्दामा वार्ताको दायरा, यसको विषय र वार्ताको गति भारत र पाकिस्तानले आफैंले तय गर्नुपर्नेछ। हालै, पाकिस्तानका लागि अमेरिकी राजदूत डोनाल्ड ब्लोमले पाकिस्तान प्रशासित कश्मीर क्षेत्रको भ्रमण गरेपछि सामाजिक सञ्जाल वेबसाइट ट्विटरमा आजाद जम्मू कश्मीरको नारा बढेको छ । यो क्षेत्र पाकिस्तानले आफ्नो कब्जामा लिएको भारतले आरोप लगाउने गरेको छ जबकी पाकिस्तानले पनि भारतले जम्मु काश्मीर कब्जा गरेको आरोप लगाउँदै आएको । सन् १९४७ मा भारत पाकिस्तानको विभाजनपछि जम्मु कश्मीरका विषयमा भारत र पाकिस्तानको बीचमा पटक पटक युद्ध भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय