१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुनसरी कांग्रेसले भन्यो– क्षेत्र नम्बर ४ मा धाँधली भयो, फेरि मतदान हुनुपर्छ



सुनसरी । नेपाली कांग्रेसले सुनसरी–४ मा पुन: मतदान हुनुपर्ने माग गरेको छ । सोमबार अपराह्न इनरुवामा पत्रकार सम्मेलन गरेर कांग्रेसले कर्मचारीबाट मतगणनामा धाँधली भएको पुष्टि भएको र मतदानमा पनि धाँधली भएको हुनसक्ने भएकाले पुन: मतदान हुनुपर्ने बताएको हो ।

कांग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारीले पत्रकार सम्मेलनमा भने, “हामी जनताको अभिमतमा विश्वास गछौँ, जनताको मतपेटिका सुरक्षित छ । मतगणनामा कर्मचारीले धाँधली गरेको पुष्टि भइसक्यो । अगाडि पनि धाँधली भएको हामीलाई लागेको छ । त्यसैले पुन: मतगणना हुनुपर्छ । यसबाट हामी पछि हट्दैनौँ । एमालेले कर्मचारी घुसपेठ गरेर बढी मत प्रविष्टि गरान खोजेको कांग्रेसको आरोप छ । 


प्रतिक्रिया दिनुहोस !