१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुनसरी ३ मा गच्छदारभन्दा भगवती चौधरीभन्दा झण्डै ५ हजार मतले पछाडि



सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार मंगलबार मध्यान्हसम्म यहाँको अन्तिम मतपरिणाम सार्वजनिक गर्नेगरी तयारी चलिरहेको छ। 

अन्तिम मतपरिणाम अनुसार यहाँ नेकपा एमालेले अग्रता कायम राखेको छ। एमाले उम्मेदवार भगवती चौधरीले ३३ हजार ४ सय ७९ मत प्राप्त गरेकी छिन्। निर्वाचन अधिकृत पौडेलका अनुसार कांग्रेसका उम्मेदवार विजय गच्छदारले २८ हजार ६ सय ५५ मत प्राप्त गरेका छन्। 

उनीहरुबीच ४ हजार ८ सय २४ मतको अन्तर रहेको छ। त्यस्तै, यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। रास्वपाबाट उम्मेदवार बनेका कमल बाबु मैनालीले ६ हजार १ सय ९५ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !