७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पाकिस्तानमा तालिबान समूहद्वारा युद्धविराम भंग, देशभर आक्रमण गर्ने घोषणा



काठमाडौं । पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ । उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ ।

गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।

उसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘वार्ता प्रक्रियामा अवरोध नहोस् भनेर हामी लगातार संयम भयौं तर सेना र गुप्तचरबाट हामीमाथि आक्रमण रोकिएन । त्यसैले अब हामी पनि जवाफी आक्रमण सुरु गर्नेछौं ।’

तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सन् २००७ मा स्थापना भएको थियो । त्यसयता उसले गरेका आक्रमणबाट सयौं नागरिकको ज्यान गइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !