६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी



काठमाडौँ — धनुषा- ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२२३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले ३२११२ मत ल्याएका छन् ।

महासेठ यसअघि पनि धनुषाबाटै विजयी भएका थिए । धनुषा-३ बाट यसअघि निर्वाचित महासेठ यसपटक धनुषा ४ मा उम्मेदवार बनेका थिए । धनुषा- ३ बाट यसअघि नै उनकी श्रीमती जुलीकुमारी महतो विजयी भइसकेकी छन् । महासेठ एमाले सचिव हुन् ।


प्रतिक्रिया दिनुहोस !