१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

समानुपातिकमा एमालेले २६ लाख कटायो, काङ्ग्रेसको २४ लाख (सुचीसहित)



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष तथा समानुपातिकतर्फको मंगलबार सवा १ बजेसम्मको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । समानुपातिकतर्फ भने नेकपा एमालेको अग्रता कायम छ । 

समानुपातिकतर्फ ९७ लाख २२ हजार ९५२ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख २२ हजार १४७ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । उसको पक्षमा २४ लाख ७९ हजार ५१ मत खसेको छ । कांग्रेसभन्दा एमाले एक लाख ४३ हजार ९६ मतले अगाडि रहेको छ । 

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख २२ हजार ९७४ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८२ हजार ७३९ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५६ १०३ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय