१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सुकुम्बासी बस्तीमा तमासा गरियो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानको आलोचना गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले आलोचना गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामनामा उनले सुकुम्बासी बस्तीमा तमासा भएको बताए ।

‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गर्थ्यौ,’ ओलीले भने, ‘त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ?’

काठमाडौं महानगरका नगरप्रहरी प्रमुखले सुकुम्बासी बस्ती हटाउन सरकारले सहयोग नगरेको गुनासो गरेका थिए ।ओलीले उन्मुत्तले कुनै पनि समस्या समाधान नहुने पनि बताए ।

ओलीले फुसका छाप्रा भत्काउन डोजर लगिएको भन्दै व्यंग्य पनि गरे । भने, ‘छाप्रा भत्काउन पनि डोजर, मान्छे कुल्चिन डोजर ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय