१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बैतडीमा घाँटी रेटेर एक किशोरीको हत्या, एक जना घाइते



कैलाली । बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

मङ्गलवार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधवार मायाको शव फेला परेको र नेहा घाइते अवस्थामा फेला परेको जोशीले जानकारी दिए ।

नेहाको पनि घाँटीमा रेटिएको छ । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए । अहिले सम्म कोही पक्राउ परेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !