१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जथाभाबी अभिव्यक्ति नदिन झलनाथलाई एमालेको चेतावनी



काठमाडौं । नेकपा (एस) का नेता झलनाथ खनालले  इलाम क्षेत्र नं १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाएपछि नेकपा एमालेले पराजय पछि हताश मानसिकता बोकेर जथाभाबी अभिव्यक्ति नदिन चेतावनी दिएको छ । साथै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पार्टीले खनाललाई स्मरण गराएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा इलाम क्षेत्र नं १ को मतदानको सुरु प्रक्रियादेखि नै गठबन्धनका उम्मेदवार खनालले लगाएको आरोप प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उदयबहादुर राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा भाग लिएर मतगणना सुरु भई प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया सङ्गत, विधिसम्मत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैमा अलोकतान्त्रिक प्रवृत्ति हो । अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्ड माथि कै हमला हो ।‘


प्रतिक्रिया दिनुहोस !