१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

स्याङजा र बाजुरामा नाङ्गो धाँधलीलाई सत्तापक्षले सेटिङ मिलाएर वैधता दियो : पोखरेल



काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा  र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने माग राखेको थियो । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय