१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमालेसँग सहकार्यको कुनै तयारी छैन : माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ । पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए ।

“अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको छ,” बैठकपछि उनले भने, “निर्वाचनमा थोरै यताउता भयो होला । यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । हाम्रा आफ्नै कमी कमजोरी र सीमा पनि रहे होलान् । आगामी दिनमा सुधार गर्दै गएर पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने छ । निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी भएको छ । उनले पार्टीले पहिले गठबन्धनमै छलफल गर्ने र त्यसको विकल्प खोज्ने विषयमा कुरै नगरेको बताए ।


प्रतिक्रिया दिनुहोस !