१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अन्तर्घात गर्नेको विवरण पुष १५ भित्र पठाउन कांग्रेसको निर्देशन 



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तर्घातको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ । केन्द्रीय अनुशासन समितिले पुष १५ गतेभित्र केन्द्रमा आइपुग्ने गरी विवरण पठाउन निर्देशन दिएको हो । 

समिति संयोजक आनन्द ढुंगानाले तल्ला तहमा रहेका समितिहरुलाई विवरण बुझाउन आइतबार निर्देशन दिइएको जानकारी दिए ।
  
कांग्रेसभित्र अन्तर्घात र असहयोग भएको भन्दै चुनाव हारेका नेताहरु सार्वजनिक रुपमा बोलिरहेका छन् । गठबन्धनका उमेदवारमात्र होइन, पार्टीका आधिकारिक उमेदवारलाई समेत हराउन आफ्नै दलभित्र लागि परेको गुनासो अहिले बढ्दो छ । पराजित उमेदवारहरुले पत्रकार सम्मेलन गरेर र सामाजिक सञ्जालबाट गुनासो गरिरहेका छन् । 

संयोजक ढुंगानाका अनुसार अन्तर्घात भएको र असहयोग गर्ने नेता र पार्टी सदस्यहरुको नाम समावेश गरेर निर्णयसहित विवरण पठाउन क्षेत्रीय, जिल्ला र प्रदेश अनुशासन समितिलाई निर्देशन दिइएको हो । 

“चुनावमा अन्तर्घात भएको र असहयोग गरेकाहरुको विषयमा निर्णय गरेर पुष १५ भित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन जारी भएको छ,” उनले भने, “विवरण आएपछि केन्द्रीय अनुशासन समितिले आफ्नो काम कारबाही अघि बढाउँछ ।”


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय