११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

यी हुन् ४० हजारभन्दा बढी मत ल्याउने १२ नेता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट सर्वाधिक मत ल्याएर निर्वाचन जितेका छन् । अध्यक्ष ओलीले ५२ हजार ३१९ मत ल्याएर चुनाव जिते । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो सर्वाधिक मतसहित चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । लामिछानेले ४९ हजार ३०० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत पाए । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाए ।

मोरङ-३ बाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले ४८ हजार ६३१ मत ल्याएर निर्वाचन जिते । रामेछापबाट विजयी भएका नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मत ल्याएर विजयी भए ।

एमालेका गोकुलप्रसाद बाँस्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट ४५ हजार ३४५ मत ल्याएर विजयी भए । भक्तपुर-१ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याए ।

नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मतसहित निर्वाचित भएका छन् भने एमालेका टोपबहादुर रायमाझीले ४२ हजार ७६५ ल्याएर विजयी भए । नेपाली काँग्रेसका पूर्णबहादुर खड्काले ४२ हजार ६०७, नेकपा माओवादी केन्द्रका वर्षमान पुन ४१ हजार ७१४, एमालेका सूर्यबहादुर थापाले ४१ हजार ११८, एमालेका भगवती चौधरीले ४० हजार ७८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले ४० हजार ६६२ मत ल्याएर विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !