८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

इन्द्रचोकमा चिनियाँ नागरिकको झगडा, छुरा प्रहारबाट एकको मृत्यु



काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा भएको थियो । त्यसक्रममा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु हानेका थिए । ३२ वर्षका ली चुजान र २९ वर्षका गान साउजिओङ घाइते भए ।

लीको पेटमा गहिरो चोट लागेको थियो भने गानको पेट, छाती ठाउँकोका दाया भागमा चोट लागेको थियो । गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ । लीको उपचार भइरहेको छ । चक्कु हान्ने फेङ प्रहरीको नियन्त्रणमा छन् ।


प्रतिक्रिया दिनुहोस !