८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

किरियापुत्रीमाथि जातीय विभेद गर्नेलाई एक वर्ष कैद, ५० हजार जरिवाना



पोखरा । सार्वजनिक प्रयोजनको लागि बनाइएको किरियापुत्री भवनमा दलितलाई निषेध गर्ने ३ जनालाई जिल्ला अदालत कास्कीले जनही एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले सोमबार पोखरा–१६ बाटुलेचौरका देवबहादुर थापा, रामबहादुर जीसी र जनक थापा क्षत्रीलाई उक्त सजाय तोकेको हो । पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति पीडकबाट भराउनुपर्ने समेत फैसलामा उल्लेख छ ।

पोखरा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको ०७६ चैतमा दुबईमा निधन भएको थियो । उनका छोरा मनोज सुनार बाटुलेचौरको गैह्राको खोरमा रहेको सार्वजनिक भवनमा किरिया बस्न खोजेका थिए । ब्राह्मण र क्षत्री समुदायले मात्रै किरियापुत्री भवनका रूपमा प्रयोग गर्दै आएको उक्त भवन क्षत्री समाजका पदाधिकारीले दलितलाई दिन नमिल्ने बताएका थिए ।

सम्मरबहादुरका भाइ मोहन सुनारले चैन २७ मा भवनको चाबी माग्दा पीडकले गालीगलौज गर्ने, जातीय विभेदजन्य शब्द प्रयोग गर्ने र ज्यानै मार्नेसम्मको धम्की दिएका थिए । सुनारले सार्वजनिक भवन दलितलाई प्रयोग गर्न नदिएको र आफूमाथि जातीय विभेद भएको भन्दै तीनजनालाई विपक्षी बनाइ ०७७ वैशाख १४ मा कास्की जिल्ला अदालतमा जाहेरी दर्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय