१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चौतर्फी दबाबपछि गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध हट्यो



काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । विश्व बैंक र व्यवसायीको चर्काे दबाबपछि पुसदेखि लागु हुनेगरी मंगलबारको मन्त्रिपरिषद्को बैठकले यी वस्तुको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी चार प्रकारका वस्तुहरू निजी चार पाङ्ग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३०० डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !