१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सुदूरपश्चिम प्रदेशमा १८ सिटसहित कांग्रेस पहिलो



काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पनि नतिजा आएको छ । ५३ सदस्य भएको सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ नेकपा एमालेले ७ सिट प्राप्त गरेको छ । सुदूरपश्चिममा प्रत्यक्षमा भने एमालेले ३ सिट मात्र जित हात पारेको थियो । 

प्रत्यक्षमा १२ सिट जितेको कांग्रेसले समानुपातिकमा ६ सिट प्राप्त गरेको छ । सुदूरपश्चिममा दुवै प्रणालीमा गरी १८ सिट प्राप्त गरी पहिलो दल बनेको छ । त्यस्तै प्रत्यक्षतर्फ ८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट प्राप्त गरी दोस्रो दल बनेको छ । एमालेले जम्मा १० सिट प्राप्त गर्दा माओवादीले ११ सिट प्राप्त गर्दै दोस्रो दल बनेको हो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले पनि समानुपातिकतर्फ ३ सिट प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ५ सिटमा जित हात पारेको थियो । त्यस्तै सुदूरपश्चिममा राप्रपा र नेकपा एसले पनि समानुपातिकमा १/१ सिट जितेको छ ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्नेछ । सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । सुदुरपश्चिममा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ सांसद निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !