२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र वर्षा



Rescuers work at a site of a residential building heavily damaged by a Russian missile strike, amid their attack on Ukraine, in Zaporizhzhia, Ukraine October 6, 2022. REUTERS/Stringer

किभ । रुसले युक्रेनमाथि पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ । आठौं पटक गरिएको भीषण क्षेप्यास्त्र आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको बीबीसीले जनाएको छ । 

आक्रमणका कारण दक्षिण सहर ओडेसामा कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । सोमबार र मंगलबार गरिएका आक्रमण यसअघिका भन्दा कम विनाशकारी भएका जनाइएको छ । युक्रेनी प्रहरीले भने रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र निष्क्रिय पारेको दाबी गरेका छन् । तर रुसले भने १७ वटा क्षेप्यास्त्र निशानामा प्रहार गरेको बताएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्सकीले रुसी आक्रमणपछि छिमेकी राष्ट्र मोल्दोभाका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको जनाएका छन् । पछिल्ला आक्रमणहरू युक्रेनका लागि मात्रै नभई समग्र क्षेत्रका लागि चेतावनी भएको उनको भनाइ छ । रुसले पछिल्ला दिनमा युक्रेनको ऊर्जा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको छ ।


प्रतिक्रिया दिनुहोस !