१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सर्वोच्च बारका अध्यक्ष भन्छन्– संसदका महासचिवले जबरालाई दिएको पत्रमा षडयन्त्र छ, प्रतिवाद गर्छौं



काठमाडौं । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको ‘क्लिन चिट’ षडयन्त्रमुलक भएको टिप्पणी गरेका छन् । उनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिनेसमेत बताए ।

आज पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘अधिवेशन बस्न बाँकी छँदै यसरी पत्र आउनु षडयन्त्रमूलक कार्य हो । यसरी पत्र दिन मिल्दैन । यो कुराले मान्यता पाउँदैन ।’

गत २०७८ फागुन १ गते प्रधानन्यायाधीश जबराको कार्य सम्पादन राम्रो नभएको भन्दै सत्ता गठबन्धनका सांसदहरुले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसलगत्तै जबरा निलम्बनमा परेका थिए ।सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले लामो समय जबराविरुद्ध आन्दोलनसमेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !