१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पश्चिम सेती र पञ्चेश्वर परियोजनाको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री देउवा



धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् परियोजना र पञ्चेश्वर परियोजनाको काम चाँडै सुुरु हुने बताएका छन् । धनगढीमा बिहीबार आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको र चाँडै काम सुुरु हुने बताए ।

‘पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ । त्यो भरपर्दो कम्पनी छ,’ प्रधानमन्त्री देउवाले भने‚ ‘आउने भइसक्या छ ।’ प्रधानमन्त्री देउवाले पञ्चेश्वरको काम पनि चाँँडै सुरु हुने बताए । लुुम्बिनी भ्रमणमा आएका बेला र आफू भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्रीले पञ्चेश्वरको विकासमा चासो राखेको उनले बताए । ‘पश्चिम सेती आउनेछ‚ पञ्चेश्वर पनि आउनेछ,’ उनले भने‚ ‘डडेलधुरा र सुदूरपश्चिमको विकास हुनेछ ।’

उनले गौरिफन्टा सीमा नाका व्यवस्थापन तथा स्तरोन्नतिका लागि भारत सरकारसँग कुरा गरेको बताएका छन् । उनले भने‚ ‘यसअघि पनि कुरा गरेको छु र फेरि पनि कुरा गर्छु,’ उनले भने‚ ‘भारतबाट सहयोग हुने विश्वास गरेको छु ।’

प्रधानमन्त्री देउवाले महोत्सवले सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पुुग्ने बताए । उनले महोत्सले स्थानीय उत्पादनको व्यावसायीकरण गर्न प्रचारप्रसार हुने बताए । साथै खप्तड र रामारोशनजस्ता पर्यटकीय क्षेत्रको विकास गरेर सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई बढाउन सकिने सम्भावना रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !