१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

लगातार दोस्रो पटक क्वार्टरफाइनलबाट बाहिरियाे ब्राजिल, क्रोएसिया सेमिफाइनलमा



काठमाडौं । साविक उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल लगातार दोस्रो पटक विश्वपको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

एजुकेसन सिटी रंगशालामा सम्पन्न कतार विश्वकप २०२२ अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टि सुटआउटमा ४–२ गोलको नतिजमा ब्राजिलाई हराउँदै क्राएसिया सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेइमारको गोलमा लिएको अग्रतालाई ब्राजिलले बचाइराख्न सकेन ।

क्राएसियाका ब्रुनाे पेटकोभिचले खेलको ११७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

उक्त गोलसँगै नाटकिए मोड लिएको खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

पेनाल्टि सुटआउटमा ब्राजिलका रोड्रिगोले गरेको प्रहार क्रोएसियाका गोल किपर डोमिनिक लिभाकोभिचले सहजै बचाउ गरेका थिए । यस्तै, मार्किनियसले हानेको पेनाल्टी पोलमा क्रसबारमा लागेर बाहिरिएपछि ब्रालिको जित सम्भावना सकिएको थियो । ब्राजिलका क्यासिमिरो र पेड्रोले मात्रै पेनाल्टिमा गोल गर्न सफल भए ।

यस्तै, क्रोएसियाका निकोला भ्लासिक, लोभ्रो माहेर, लुका मोड्रिच र मिसाल्भ ओरसिर्कले गोल गरे ।

सन् २०१८ मा ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो । यस्तै, क्रोएसिया फाइनलमा फ्रान्ससँग हारेको थियो ।

सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिना र नेदरल्ल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !