८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अर्जेन्टिना र नेदरल्यान्ड्को खेल हेर्दाहेर्दै अमेरिकी पत्रकार ग्रान्टको निधन



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल–२०२२ को रिपोर्टिङमा खटिएका एक अमेरिकी पत्रकारको निधन भएको छ । पत्रकार ग्रान्ट वाह्लको शुक्रबार साँझ निधन भएको अमेरिकी पत्रिका गार्डियनले उल्लेख गरेको छ । लुसेल रंगशालामा खेल हेर्ने क्रममा उनलाई हृदयघात भएको बताइएको छ ।

गार्डियनका अनुसार उनी रंगशालाको प्रेस बक्समा बसेका थिए । उनी खेल चल्दाचल्दै एक्कासी ढलेका थिए । त्यसपछि मेडिकल टिमलाई बोलाएर उनलाई रंगशालामै सीपीआर गरिएको थियो ।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टफाइनल खेलको रिपोर्टिङका क्रममा निधन भएको अमेरिकी मिडिया एनपीआरले जनाएको छ । यस्तै, यूएस सकरले फुटबलका प्रशंसक र उच्चस्तरको पत्रकार गुमाउनु पर्दा दुःखी भएको जनाएको छ ।लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय अनलाइन प्लेटफर्म ‘सबस्ट्याक’मा आफ्ना सामग्री प्रकाशन गर्दै आएका थिए । गत महिना मात्र उनलाई कतारी सुरक्षा अधिकारीले केही समय गिरफ्तार गरेको उनले बताएका थिए । ४८ वर्षीय ग्रान्टले नेदरल्यान्ड्सले उत्कृष्ट गोल गरेको भन्दै ट्विटसमेत गरेका थिए


प्रतिक्रिया दिनुहोस !