२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

समानुपातिक सांसद छान्न एमाले सचिवालय बैठक जारी



काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

यसअघि शुक्रबर बस्न लागेको बैठक अन्तिम समयमा स्थगित भएको थियो। समानुपातिक सांसद छनोट गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। समानुपातिका सिटमा पठाउने नाम छनोटका लागि एमालेको बैठक बस्न लागेको थियो। 

आजको बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय