१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

भलिबल खेल्दा विवाद भएपछि खुकुरी प्रहार



काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा बुधबार बिहान खुकुरी प्रहार भएको छ । विद्यार्थी संगठनका नेताबीच झडप हुँदा खुकुरी प्रहार भएको हो ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीका अनुसार झडपमा परी दुईजना घाइते भएका छन् । “दुईजना घाइते भएका छन् । भलिबल खेल्दा दुई पक्षबीच झडप भएको बुझिन आएको छ । केहीलाई नियन्त्रणमा लिएका छौँ,” एसपी मैनालीले भने ।

उनका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय