१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मधेश प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान



काठमाडौ । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्।

संविधानको धारा १६८को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले सरकार गठनका लागि आह्वान गरेका हुन्। मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न  निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन्। पुस २८ गते अपरान्ह ४ बजेसम्ममा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि आफ्नो दावी प्रस्तुत गर्ने समय दिइएको छ।


प्रतिक्रिया दिनुहोस !