१५ माघ २०७९, आईतवार
 |   Sun Jan 29 2023
Logo

दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव



काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए ।राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण मुलुकको आर्थिक कूटनीतिक फलदायी हुन नसकेको बताए ।

आर्थिक कूटनीति भन्छौं । तर हामी न आर्थिक नीति न कूटनीति जाने राजदुत बनाउँछौं । यस्तो भएपछि आर्थिक कूटनीति हुन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्रको नेतृत्व र साझेदारी पनि हुनुपर्दछ आर्थिक कूटनीतिलाई अघि बढाउनका लागि ।’

मुलुकमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाइ थियो । उनले मुलुकको आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।परराष्ट्रविद् आचार्यले आर्थिक कूटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गराउन पनि आवश्यक रहेको बताए ।

बैठकका विमला राई पौडेललगायतका सांसदहरुले आर्थिक कूटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय