काठमाडौं। प्रहरीले काठमाडौंको बिजुलीबजारस्थित ‘इन्द्रेणी कम्प्लेक्स’ को पार्किङ्गमा विस्फोटक पदार्थ राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१० घर भएका ३३ वर्षीय महेश के.सी.खत्री रहेका छन् ।प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको नेपाल प्रहरीको टोली उनलाई गोदावरीबाट पक्राउ गरेको हो ।
पक्राउमा परेका उनीमाथि विस्फोटक पदार्थ ऐन कसूर मुद्दा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनले २०६८ साल वैशाख १३ गते इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई फोनमार्फत फिरौती रकम माग गरेको प्रहरीको आरोप छ ।